1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

सेयर बजारमा उत्साह, ६२.२१ अंकले बढ्यो सेयर

12
9

शब्दबोध

आइतबार, १० असार, २०८०साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम साढे ६ अर्ब पुगेको यस दिन बजार ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा उक्लियो । यो ३.०३ प्रतिशतको वृद्धि हो ।

आइतबार सबै उपसूचकमा लगानीकर्ताको उत्साह देखियो । जसमध्ये सबैभन्दा धेरै जीवन बीमा कम्पनीको (७.७९ प्रतिशत) वृद्धि देखियो । आइतबार २२ वटा धितोपत्रको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ ।

कुल २७५ धितोपत्रको ९० हजार २४९ वटा कारोबारबाट १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । जसबाट ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालय लाइफ इन्स्यारेन्स, एनएमबी ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त संस्थासहितका कम्पनीको कारोबार सकारात्मक सर्किट लेवलमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3