1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

“झापा र इलामका बिभिन्न क्षेत्रमा ‘लम्पी स्किन’ को सङ्क्रमण बढ्दो”

12
9

झापा / सोमबार, ११ असार २०८० झापा र इलामका विभिन्न क्षेत्रमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । विज्ञहरुका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिव दुई महिनाको अवधिमा जिल्लाका झापा र इलामका प्राय सवै स्थानिय तहमा यसको सङ्क्रमण वढ्दो दरमा देखिएको छ ।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् । 

यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3