1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

असोज २१ देखि सरकारले राख्ने भयो सुपथ मूल्य पसल, कति हुन्छ छुट? 

12
9

काठमाडौं। सरकारले असोज २१ देखि सुपथ मूल्य पसल राख्ने भएको छ। दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै उपभोग्य अत्यावश्यक खाद्यको सुपथ मूल्यको पसल राख्ने भएको हो।

वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरियता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा दैनिक उपभोग्य खाद्य वस्तुहरू उपलब्ध गराउने उद्देश्यले असोज २१ देखि मंसिर ३ गतेसम्म पसल सञ्चालन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपाल सरकारबाट स्वीकृत सुपथ मूल्य पसल सञ्चालन तथा छुट सम्बन्धी शीर्षकमा छुट्टयाइएको बजेटको परिधीभित्र रही पसल सञ्चालन हुनेछ। 

Arghakhachi Cement
Shree Steel

खाद्य व्यवस्था  तथा व्यापारले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाहपथ, ललितपुरको नख्खु, भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सुपथ मूल्य पसल राख्ने भएको छ। 

त्यसैगरी कम्पनीले उपत्यका बाहिर मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढंङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखामा राख्ने भएको छ।

यस्तै मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट,  जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी जम्मा ४२ जिल्लाका ४८ स्थानमा संचालन गरिने मन्त्रालयका सह–सचिव गजेन्द्र ठाकुरले जानकारी दिए। 

आवश्यकताअनुसार थप जिल्ला र स्थानहरुमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ। यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुकोको माध्यमबाट पनि छुट दिई बिक्री वितरण गरिने भएको छ। 

कम्पनीले सबै किसिमको चामल (मोटा/मसिनो/लङग्रेन), दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरा प्रतिकिलो ७ रुपैयाँ छुट दिने छ। 

त्यसैगरी कम्पनीले कर्णालीको सिमी÷गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा तथा जिउँदो खसी/बोका र च्याङ्गरामा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ। 

साल्ट ट्रेडिङ्गले चाडपर्व लक्षित गर्दै उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलसमेत गरी देशभर जम्मा ३५ स्थानमा बिक्री स्थल राख्ने भएको छ। 

कर्पोरेशनले चिनी प्रति केजी ९७ रुपैयाँमा बिक्री वितरण गर्ने छ भने नुनमा  २ रुपैयाँ तेल र चिउरामा ७ रुपैयाँ छुट दिनेछ। 

दुग्ध विकास संस्थानले काठमाडौंमा एकीकृत पसललगायत लैनचौर, न्यूरोड र खुमलटार र बाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थानसहित एकिकृत घुम्ती सेवा पसल राख्नेछ। 

संस्थानले घ्यूमा प्रतिकेजी २०, पनिरमा प्रति २०० ग्राममा.२० र ५०० ग्राममा ५० रुपैयाँ छुट दिनेछ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3