1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

नेल्सन मण्डेलाकी नातिनीको निधन

12
9

जोहानेसबर्ग । नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

जोलेकाले सोमबार साँझ परिवार र साथीहरूको बिच अन्तिम श्वास लिइन्,’ उनको सामाजिक सञ्जाल इन्सटाग्राममा सेयर गरिएको सन्देशमा लेखिएको छ । यसअघि उनले सामाजिक सञ्जालमा क्यान्सरसँग आफ्नो लडाइँको बारेमा जानकारी दिएकी थिइन् ।

Laxmi sunrise bank

नेल्सन मन्डेला फाउन्डेसनले पनि एक वक्तव्य जारी गर्दै जोलेकाको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सन् २०१० मा उनकी छोरी १३ वर्षीया जेनानीको कार दुर्घटनामा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3