1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

यूएईविरुद्ध नेपालको खराब सुरुवात, कप्तान रोहित पनि आउट

12
9

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले दिएको ११८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको घरेलु टिम नेपालले तेस्रो विकेट गुमाएको छ ।

.तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहितकुमार पौडेल एक आउट भए । रोहित आउट भएसँगै नेपाल दबाबमा आएको छ । यसअघि नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई रनमा गुमाएको थियो । दोस्रो विकेटको रुपमा आसिफ शेख आए भए । आसिफले आठ रन बनाए ।

नेपालले ८ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा २२ रन बनाएको छ ।

वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७.३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो । यूएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए । यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७.४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3