1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

एसीसी प्रिमियर कपको उपाधि जित्ने खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय 

12
9

सरकारले एसीसी प्रिमियर कपको उपाधि उचालेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसिया कपमा नेपाललाई पुर्‍याउने नेपाली क्रिकेट टिमका खेलाडलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार क्रिकेट टिमका अफिसियललाई भने जनही ३ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।

यसअघि मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको थियो । च्याम्पियन बनेसँगै नेपाल पाकिस्तानमा हुने एसिया कपका लागि छनोट पनि भएको थियो । 

यस्तै, बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3