1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

डिफेन्डिङ च्याम्पियन मछिन्द्रले संकटासँग खेल्दा एपीएफले एनआरटीसँग प्रतिस्पर्धा गर्दै

12
9

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दा विभागीय टिम नेपाल एपीएफ क्लबले न्युरोड टिम (एनआरटी) सँग खेल्दैछ ।

ए डिभिजन लिगमा आज दुई खेल मात्रै हुन लागेको हो । मछिन्द्रले संकटा क्लबसँग दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र लिगको आठौँ स्थानमा छ । मछिन्द्रले १३ खेलबाट १८ अंक बनाएको छ । संकटालाई पराजित गर्दै मछिन्द्र लिगको पाँचौँ स्थानमा उक्लिने लक्ष्यमा छ । यता, संकटा भने लिगको १०औँ स्थानमा छ । संकटाले अहिलेसम्म १३ खेलबाट १६ अंक बनाएको छ ।

आजै हुने अर्को खेलमा सातौँ स्थानमा रहेको एपीएफ क्लबले ११औँ स्थानमा रहेको एनआरटीसँग दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्सको खेल मैदानमा खेल्न लागेको हो । एपीएफले १३ खेलबाट १८ अंक बनाएको छ । यता, एनआरटीले भने १६ खेलबाट १६ अंक बनाएको छ ।

लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबले १४ खेलबाट २४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडको १४ खेलबाट २४ अंक नै छ । लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको समान खेलबट २३ अंक हुँदा चौथो स्थानमा रहेको सातदोबाटोको २२ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3