1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

बादलका छोरा प्रतीक थापाले भने- नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन 

12
9

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नक्कली शरणार्थी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी थापाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको र अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  

थापाले शरणार्थी प्रकरणमा झुटो आरोपसहित आफ्नो नाम जोडिएकोप्रति आपत्ति पनि जनाएका छन् । ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

थापाले आफूहरूले जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेको पनि दाबी गरेका छन् । ‘मविरुद्ध आज पनि गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ,’ थापाले विज्ञप्तिमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3