1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट बनाउन सक्दैनः प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन् । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रममा उनले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताएका हुन् ।  उनले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ले दाबी गरे […]

पाठ्यपुस्तक छपाइ सम्पन्न, अपुग भए सूचना दिन आग्रह

नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज  पत्रकार सम्मेलन गरी यही वैैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने […]

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढाउने गरी ल्याउन लागिएको उच्च शिक्षा विधेयक, त्यो पनि सिंहदरबारमै थन्कियो

छाता ऐनका रूपमा अघि सारिएको उच्च शिक्षा विधेयक सिंहदरबारको कुनै कोठामा थन्किइरहेका बेला संघीय संसदमा भने अर्को नयाँ विश्वविद्यालय खोल्नेबारे गरमागरम बहस चलिरहेको छ । नेपाल विश्वविद्यालय विधेयक–२०७९ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट अघि बढेर प्रतिनिधिसभा पुगेको छ । डेढ दर्जन विश्वविद्यालयको भिडमा अर्को थप्ने प्रस्ताव आउँदा सैद्धान्तिक छलफलदेखि नै सांसदहरू पक्ष र विपक्षमा उभिएका छन् । कतिपयले नयाँ विश्वविद्यालयको औचित्यमाथि नै […]

घरभेट गर्न श्रीमतीलाई अस्ट्रेलिया छाडेर आएका तपेन्द्रकाे सडक दुर्घटनामा मृत्यु

उच्च शिक्षाका लागि पाँच वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१० का तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए । सञ्चारकर्मी राधिका बोहरासँग बिहे गरेर अष्ट्रेलिया गएका २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए । उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने वाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन् । श्रीमतीसँग गरेको त्यो वाचा अब कहिल्यै पूरा हुने छैन । यतिबेला श्रीमानको बाटो […]

दार्चुला हिमपहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।   मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो  भने पाँचजना सम्पर्कविहीन थिए ।  दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक […]

पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । ‘केही सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फुड राम्रो विकल्प हो’ उनले भनिन् ‘तर स्ट्रिट फुड प्वाइजनिङ हुनुभएन, पत्रपत्रिकामा प्याक गर्दा प्वाइजनिङ हुन्छ, यसमा सुधार गर्नु अत्यन्तै जरुरी छ ।’ चटपटे, पानीपुरी लगायत अन्य […]