1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट बनाउन सक्दैनः प्रदीप पौडेल

12
9

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन् ।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रममा उनले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताएका हुन् । 

उनले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ले दाबी गरे । सांसद पौडेलले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्नेबारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताए । 

उनले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने कुरा पनि पछिल्लो समय खस्किँदै गएको बताए । पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3