1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

देवघाटमा नुहाउने क्रममा २ किशोर बेपत्ता

12
9

भरतपुर– पवित्र तिर्थस्थल देवघाटमा आएका २ जना किशोर आज (बिहीबार) बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भारतको आसाम घर भइ धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरु देवघाट आएका थिए। नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाको टोली खटिएको थियो।टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3