1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

आइतबार सूर्य देवताको दिन

12
9

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा पनि महत्त्वपूर्ण छ ।

यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्य अस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।

आइतबारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।

सूर्य देवको पूजा गर्दाको फाइदा

सनातन परम्परामा हरेक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ। दृश्य देवताको पूजा गर्न आइतबारको दिन निकै शुभ मानिन्छ । वैदिककालदेखि नै सूर्यदेवको पूजा आराधना हुँदै आएको छ । सूर्यदेवलाई वेदमा ईश्वरको नेत्र र ज्योतिषमा ग्रहहरूको राजाको रूपमा वर्णन गरिएको छ। जीवन, सुस्वास्थ्य र बल दिने भगवान् सूर्यको हरेक दिन कुनै न कुनै कारणले पूजा गर्न नसक्ने भए आइतबारको दिन उहाँको पूजा गर्नुपर्छ । यस दिन सूर्यदेवको विधिपूर्वक पूजा गरिन्छ।

सूर्य देवताको पूजा विधि

आइतबारको दिन स्नान र तपस्यापछि सर्वप्रथम  ‘ओम घ्रिण सूर्याय नमः’ मन्त्र जप्दै तामाको भाँडोमा रोली र अक्षत हालेर सूर्य भगवानलाई अर्घ्य दिनुहोस्। यसपछि रातो रंगको आसनमा बसेर पूर्व दिशामा फर्केर भगवान सूर्यको यो मन्त्रको कम्तीमा एक मालाको जप गर्नुपर्छ।

सूर्यदेवको आराधनाले शीघ्र फल दिनेछ । यस्तो अवस्थामा आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्नाले साधकको सबै मनोकामना छिट्टै पूरा हुन्छ र सुख, समृद्धि र सुस्वास्थ्यको आशीर्वाद प्राप्त हुन्छ। आदित्य हृदय स्तोत्रको तीन पटक जप गर्नाले व्यक्तिमा लागेको सबै कलंक हटेर समाजमा इज्जत प्राप्त हुन्छ ।

सूर्य देवताको सरल मन्त्र

यदि कुनै कारणले विधि अनुसार भगवान सूर्यदेवको आराधना गर्न नसकेमा आइतबारको दिन स्नान र ध्यान गरी निम्न १२ सरल मन्त्र जप गरी उहाँको आशीर्वाद प्राप्त गर्न सक्नुहुन्छ । यी मन्त्रको जप गर्नाले तपाईलाई स्वास्थ्य र सौभाग्य प्राप्त हुनेछ। यदि कसैले सूर्यनमस्कारका यी मन्त्रहरूको अभ्यास गरेमा उसलाई सौभाग्यको साथसाथै राम्रो स्वास्थ्यको वरदान पनि मिल्छ।

ॐ सूर्याय नमः।

ॐ भास्कराय नमः।

ॐ रवये नमः।

ॐ मित्राय नमः।

ॐ भानवे नमः।

ॐ खगय नमः।

ॐ पुष्णे नमः।

ॐ मारिचाये नमः।

ॐ आदित्याय नमः।

ॐ सावित्रे नमः।

ॐ आर्काय नमः।

ॐ हिरण्यगर्भाय नमः।

धर्म ग्रन्थमा सूर्यलाई प्रधान देवता मानिएको छ । पुराणका अनुसार, प्रत्येक महिनामा सूर्यको एउटा विशिष्ट रुपको पुजा गर्ने गरिन्छ । वैदिक कालमा पनि आर्य सूर्य लाई नै जगतको कर्ता धर्ता मान्ने गर्दर्थे  । सूर्यबार विशेषत आइतबार मानिन्छ । सूर्यलाई जल चढाउँदा, मन्त्रको जप गर्दा सूर्य नमस्कार गर्दा बल, विद्या, वैभव तेज, पराक्रम र दिव्यता आउँछ ।

१. बिहान स्नान गरेपछि तामाको लोटामा शुद्ध जल लिएर सुर्यदेवलाई अर्पित गर्नुस ।

२. बिहान सूर्योदयको समयमा रातो फुल, सिन्दुर आदिले सूर्यदेवको पूजा गर्नुस र सकेसम्म रातो बस्त्र पनि लगाउनुस ।

३. रातो चन्दनको मालाले ऊँ घृणी सुर्याय नमःमन्त्रको जप गर्नुस। कम से कम पाँच मालाको जप गर्नुस ।

४. आइतवार गरिब व्यक्तिलाई गँहु दान गर्नुस । यसले पनि सूर्यको दोष कम हुन्छ।

५. कुनै विद्वान पण्डितलाई सोधेर रूबीलाई तामाको औठिमा राखेर आफ्नो साइली औलामा लगाउनुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3