1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

नेपालका ज्योतिष भारतमा सम्मानित

12
9

काठमाडौं।

नेपालका वरिष्ठ ज्योतिर्विद् ज्यो.पं. प्रेमानन्द शास्त्री वृन्दावनधाम भारतमा राधारानी कृपा कटाक्ष सम्मान २०२३ बाट सम्मानित भई स्वदेश फर्कनुभएको छ । उहाँलाई विगत ३० वर्षदेखि ज्योतिष, वास्तु, कर्मकाण्ड तथा सनातन धर्मको प्रचारप्रसारमा योगदान पु¥याएबापत गत हप्ता सम्पन्न कार्यक्रममा सम्मानद्वारा सम्मानित गरिएको हो ।

आल इन्डिया फलौदी एस्ट्रोलोजिकल रिसर्च सोसाइटी (रजि.) कोटाद्वारा आयोजित नवम् विश्व ज्योतिष, तन्त्र, वास्तु, योग, आयुर्वेद एवं वेद महासम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासंघ नेपाल राष्ट्रिय समितिको प्रतिनिधित्व गर्दै नेपाल ज्योतिष परिषद्का आजीवन सदस्य, ज्योतिष सेवा सदनका सञ्चालक चितवनका ज्योतिष शास्त्रीसहित ३५० भन्दा वढी ज्योतिष गुरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष अजयआनन्द श्यामानन्दी तथा मुख्य अतिथि श्री श्री १००८ श्री हृदयानन्ददासजी बाबाजी बृन्दावनधामद्वारा सम्मानपत्र, अवार्ड तथा दोसल्ला प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा उहाँले नेपाल तथा भारतको वैदिक सांस्कृतिक सभ्यता एउटै भएको तर हाल कर्मकाण्ड पद्धति तथा ज्योतिष सफ्टवेयरको गणना आदिको फरकका कारणले गर्दा चाडपर्वहरूमा विवादसमेत आउने गरेकोले आगामी दिनहरूमा यसलाई मिलाउँदै दुई देशबिच छलफल तथा गोष्ठीहरू आदि संयुक्त रूपमा सञ्चालन गर्नुपर्ने समेत माग गर्नुभएको थियो ।

उहाँ यसअगाडि पनि तीनपटकसम्म अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भइसक्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3