1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

पूर्वमन्त्रीका पीएसओका श्रीमतीको कोखामा कसरी लाग्यो गोली?

12
9

काठमाडौं– पूर्वआईजी तथा मन्त्री ध्रुवबहादुर प्रधानको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीकी श्रीमती बुधबार गोली लागेको अवस्थामा भेटिइन्।

लक्ष्मणकी श्रीमती शर्मिलाको कोखामा गोली लागेको थियो। गोली लागेर घाइते भएको जानकारी आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट डीएसपी अमर थापासहितको टोली घटनास्थल पुगेको थियो। भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्रै सर्मिला कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन्। प्रहरीले बाहिरबाट ढोका ढकढकाएपछि बल्लभित्रबाट ढोका खुलेको थियो। 

काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेराबाट उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पठाइयो। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

प्रहरी घटनास्थल पुग्दा त्यतिबेला पीएसओ चौधरी भने घरमा थिएनन्। उनी साथीसँथ बाहिर निस्केको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरी अनुसन्धानका अनुसार गोली लोड भएको पेस्ताले लोडेड अवस्थामै राखेर पीएसओ चौधरी बाहिर निस्केको हुनसक्ने देखिएको छ। उक्त पेस्तोल चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्। 

यसको अर्को पाटोबाट पनि अनुसन्धान भने प्रहरीले गरिरहेको छ। श्रीमान–श्रीमतीबीच कुनै विवाद भएकाले आवेगमा श्रीमतीले आफैंलाई गोली हानेको हुनसक्ने आशंका पनि प्रहरीले गरेको छ। अहिले घाइते अवस्थामा रहेर अस्पतालमा उपचारत भएकाले शर्मिलासँग प्रहरीले सोधपुछ भने गरेको छैन। 
उनको अवस्था ठिक भएपछि बल्ल यो घटनाको यर्थात बाहिर आउने प्रहरीले जनाएको छ। 
लक्ष्मण पीएसओ खटिएका प्रधान केही अघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत भएका थिए। उनी राप्रपाका नेता तथा संघीय सांसद हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3