1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

राप्रपाको हैसियतः माओवादीले दिएको खाने, भनेको मान्ने !

काठमाडौं । मुख्यत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा करिब १० वर्ष भन्दा लामो समय जनयुद्ध र हजारौंको बलिदानबाट प्राप्त धर्म निरपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नै खारेज गरेर देशलाई हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्ने एजेन्डासहित राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको हैसियत माओवादी दिएको खाने भनेको मान्ने भएको छ । […]

असोज २१ देखि सरकारले राख्ने भयो सुपथ मूल्य पसल, कति हुन्छ छुट? 

काठमाडौं। सरकारले असोज २१ देखि सुपथ मूल्य पसल राख्ने भएको छ। दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै उपभोग्य अत्यावश्यक खाद्यको सुपथ मूल्यको पसल राख्ने भएको हो। वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरियता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा दैनिक उपभोग्य खाद्य वस्तुहरू उपलब्ध गराउने उद्देश्यले असोज २१ देखि मंसिर ३ गतेसम्म पसल सञ्चालन गर्न लागिएको उद्योग, […]

ध्वस्त अर्थतन्त्र सुधार अवस्थामा छ भनेर सरकारले झुटाे आशा देखायाे : केपी ओली

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ध्वस्त भएको अर्थतन्त्र सुधारको अवस्थामा छ भनेर सरकाले जनतालाई झुटो आशा देखाइरहेको आरोप लगाएका छन्। एमालेको उद्योगी तथा व्यवसायी महासंघले मंगलबार गरेको कार्यक्रममा उनले यति गम्भीर कुराप्रति सरकार बेखबर भएर जनतामाझ झुटाे आशा देखाइरहेको आरोप लगाएका हुन्। ‘गम्भीर कुराप्रति सरकार बेखबर हुने र हाम्रो अर्थतन्त्रमा सुधारका लक्षणहरु देखिएका छन्, […]

दसैंलाई खसी/बोका ल्याउने तयारी, काठमाडौंमा कति आउला? 

काठमाडौं। यसपालि दसैंलाई सरकारले खसी/बोका र राँगा काठमाडौं उपत्यका भित्र्याउने तयारी थालेको छ।दसैंका लागि काठमाडौंमा खसी/बोका ल्याउन तयारी थालिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताए। विभाग आफैंले पशु खरिद गर्दैन। तर, निजी क्षेत्र, नेपाल चौपाया खरिद–बिक्री संघ, बाख्रापालक महासंघलगायतले उपत्यका बाहिरबाट ल्याएका पशुलाई व्यवस्थितरूपमा उपभोक्ताको घरसम्म पुर्याउन नियमनकारी निकायको भूमिकामा विभागले काम गर्छ। हरेक […]

सुरक्षाका कारण पाकिस्तान र न्युजिल्यान्डको खेल दर्शकविहीन रङ्गशालामा खेलाइने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । विश्वकपको मिति नजिकिँदै गर्दा प्रतियोगिताका सहभागी राष्ट्रहरू अन्तिम तयारीमा व्यस्त छन् । विश्वकप सुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि सबै टोलीले दुई—दुईवटा अभ्यास खेल खेल्ने प्रबन्ध मिलाएको […]

कोशीमा विश्वासको मत लिनुअघि बजेट पास गर्ने सरकारको तयारी

९ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी […]