1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

ध्वस्त अर्थतन्त्र सुधार अवस्थामा छ भनेर सरकारले झुटाे आशा देखायाे : केपी ओली

12
9

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ध्वस्त भएको अर्थतन्त्र सुधारको अवस्थामा छ भनेर सरकाले जनतालाई झुटो आशा देखाइरहेको आरोप लगाएका छन्।

एमालेको उद्योगी तथा व्यवसायी महासंघले मंगलबार गरेको कार्यक्रममा उनले यति गम्भीर कुराप्रति सरकार बेखबर भएर जनतामाझ झुटाे आशा देखाइरहेको आरोप लगाएका हुन्।

‘गम्भीर कुराप्रति सरकार बेखबर हुने र हाम्रो अर्थतन्त्रमा सुधारका लक्षणहरु देखिएका छन्, भनेर ध्वस्त भइरहेको छ, जनतालाई झुटो आशा देखाइरहेका छन्। यस्तो अवस्था हुनु हुँदैन। चलायमान नहुने स्थानमा गएर पैसा थुप्रिएको छ भने, त्यसलाई चलायमान स्थानमा लगेर पनि चलाउनु पर्ने हुन्छ। ढिलो गर्ने धेरै पर्खिनु पर्ने समय पनि छैन,’ उनले भने।

उनले उद्योगहरू बन्द भइरहेको गम्भीर अवस्थामा सरकार गम्भीर नभएको भन्दै यस्तो तरिकाले देश अगाडि नबढ्ने बताए।

‘हामी मिशन ८४ मा लागेका छौं तर त्यो समयसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन। नयाँ नेपालतर्फ जानुपर्ने, अर्थतन्त्र बलियो हुनुपर्ने, उत्पादन बढ्नुपर्ने अवस्थामा त्यस्तो केही भएको छैन,’ उनले भने, ‘उद्योगहरू बन्द भइरहेका छन्, यो सामान्य कुरा होइन, उद्योगपतिलाई नाफा हुन्छ कि नोक्सान हुन्छ भन्ने कुरा होइन, देशलाई नाफा भएको छ कि नोक्सान त्यो हेर्नुपर्छ यो केही उद्यमीको विषय होइन, देशको विषय हो। यो विषयमा सरकार गम्भीर हुनुपर्छ। तर सरकार गम्भीर हुने स्थितिमा देखिँदैन्, यस्तै अवस्था हो भने देश अगाडि बढ्न सक्दैन।’

उनले आजको समयमा नेपालजस्तो देश ओरालो झर्दै गएको भन्दै यस्तो अवस्थाबाट देशलाई कसरी अगाडि बढाउने र परिवर्तन ल्याउने कुरामा ध्यान दिनुपर्ने बताए। सरकारले ल्याएको बजेटलाई पनि उद्यमी व्यवसायीहरुको संस्थाबाट जस्तो स्वागत भयो त्यो देखेर आफू छक्क परेको भन्दै उद्यमी व्यवसायी राजनीतिमा बढी लागेको बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3