1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

नेपाली श्रम संस्कृतिका उदाहरण हर्क साम्पाङका केहि तस्विरहरु

12
9

धरान / सर्वाधिक लोकपृय धरानका मेयर हर्क साम्पाङले श्रमको ब्यवहारिक उदाहरणहरु पस्किएर नेपाली समाजलाइ झक्झकाउने काम गरेका छन् ।

श्रम गर्नुलाइ हेय र निम्नस्तरको काम भनेर परिभाषित गरिने गलत प्रवृत्ति र स‌‍स्कृति मोैलाउदै गइरहेको नेपाली समाजमा श्रम गर्नुलाइ आत्मसम्मान र गाैरवको विषय हो भन्ने बुझाइ र उदगर् स्थापना गर्ने कुरामा हर्क साम्पाङको यो श्रम अभियान कोशेढुङ्गा सावित हुने कुरा निश्चित छ ।

साम्पाङले हरेक शुक्रवारलाइ श्रमवारको सङ्ज्ञा दिदै हजाराै हजार श्रम शक्तिलाइ मैदानमा उतारिदिएका छन् । दैनिक १२ हजार जना सम्म एउटै कार्य स्थलमा श्रमकर्मीहरु जम्मा गरेर विश्व मै उदाहरणीय र चामत्कारीक श्रमको उदाहरण पेश गर्ने इतिहाँस निर्माण गरेका छन् ।

पछिल्लो पल्ट आफ्नो फेसबुक पेजमा एउटा मार्मीक स्टाटस लेख्दै केहि तस्विरहरु पनि सार्वजनिक गरेका छन् । उनि लेख्छन् “जे छु म खुसी छु ! मलाई युरोप अमेरिकाको सपना देख्नु छैन! मेरो देशलाई फुलाउन फलाउन कहिले धुलम्य त कहिले हिलाम्य बन्नमा अत्यन्तै गर्व लाग्छ मलाई ! म खुसी छु !”

उत्पादन, श्रम र समृद्धिको कुरा गरेर कहिल्यै नथाक्ने तर श्रम गर्न र श्रम सस्कृतिको विकासमा कहिल्यै नलाग्ने ढोङ्गि सुकिला मुकिला नेपालका राजनितकर्मी र नेताहरुलाइ नराम्रो सँग चड्कन दिएका छन् हर्क साम्पङले । नेपाली समाजमा यो उन्नत सस्कृति निर्माणमा सतिसाल बनेर उभिएका हर्क साम्पङलाइ पक्कै पनि इतिहाँसलेे सम्मान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3