1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

नेप्से परिसूचक २१.३२ अंकले गिरावट

12
9

शब्दबोध/ साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अंक घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको छ ।

पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय विन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा विन्दुमा झेरको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ । सोमबार कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि गिरावट आएको छ । आइतबार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्से २१.३२ अंकले गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.१३ प्रतिशत घटेको छ । सोमबारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3