1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

‌ओरालो लागेको शेयर बजारमा लगानीकर्ता कसरी सुरक्षित हुने ?

12
9

शब्दबोध / वजार ओरालो लागेपछि शेयर लगानीकर्ताहरु अत्यधिक निरास हुने अवस्था आउन सक्छ । जुन अवस्थामा लगानी कर्ताले आफुलाइ कसरी सुरक्षित गर्न सकिन्छ ? भन्ने बारेमा शेयर बजारका केही रणनीतिहरु हुन्छन जसले लगानी कर्तालाइ केहि सुरक्षित महशुस गराउछ ।

यी हुनसक्छन् सुरक्षाका रणनीति
१.पर्ख र हेर 

शेयर बजार निकै नै तल गएर मूल्यमा आपूर्तिको प्रभाव देखिएको हुनसक्छ। त्यस समयमा लगानीकर्ताले पर्ख र हेरको रणनीति अनुसरण गर्नुपर्छ। यसको अर्थ, मूल्यको अस्वाभाविक उतारचढावमा कुनै प्रतिक्रिया नजनाई मूल्य स्थीरताका लागि पर्खिनु पर्छ। बजारले १८०० को पूर्वमूल्यपत्रलाई सशक्त रूपमा सम्मान गर्ने देखिएकोले यस अवस्थामा नगदको आवश्यकता छैन भने लगानीकर्ताले पर्खिनु नै उत्तम हुन्छ।

२. औषत लगानी व्यवस्थापन
लगानीकर्ताले घट्दो बजारमा हरेक नयाँ न्यूनतम मूल्यमा सुरु लगानीको ५० प्रतिशत जतिको थप लगानी गर्दै लागत मूल्य सूचकलाई तल झार्दै जान सकिन्छ। यसले गर्दा लगानीकर्तालाई औषत भार कम पर्न गई मूल्य थोरै मात्र माथि जाँदा शेयर बेचेर नाफालाई सुरक्षित गर्न सहज हुन्छ। यसका लागि आफूसँग भएको शेयरको आन्तरिक गुणस्तर तथा वित्तीय स्थायित्वलाई विचार गर्नुपर्छ। सबै शेयरको मूल्य घट्ने वित्तिकै औषतको व्यवस्थापन गर्नुपर्छ भन्ने छैन। तर, कम्पनीको वित्तीय अवस्था राम्रो छ र कम्पनीले वित्तीय स्थायित्व कायम गरेको अवस्थामा औषत लगानीको रणनीति लाभकार हुनसक्छ। 

३. घाटा सुरक्षा
शेयर बजार निरन्तर घट्दो अवस्था देखिए कायम शेयर संख्या तथा लगानीको २५ प्रतिशतले हुन आउने लगानीको घाटालाई सुरक्षित गर्दै जानु पर्छ। यस्तो गर्दा लगानीकर्तासँग हरेक नयाँ मूल्यमा लगानीको अवसर बन्न सक्छ। 

कमजोर वित्तीय अवस्थाका कम्पनीमा घाटा सुरक्षाको रणनीति निकै उपयुक्त मानिन्छ। छोटो समयमा आपूर्तिको चापका कारण मूल्यमा ह्रास आएको छ र अझै आपूर्तिको चाप निकट भविष्यमा देखिन्छ भने यस्तो अवस्थामा घाटा सुरक्षित गरी पुनः सोही कम्पनिमा लगानी गर्न सकिन्छ। 

४. बाहिरिने रणनीति 
यदि, कम्पनीको आर्थिक भविष्य कमजोर देखिन गए सम्पूर्ण घाटाको सुरक्षण गरी उक्त शेयरबाट बाहिरिनु नै बुद्धिमानी हुन्छ। कम्पनीको प्रगति कमजोर भैरहेको, आम्दानी घटिरहेको र प्रतिस्पर्धात्मक क्षमता कमजोर भैरहेको छ भने जतिसुकै घाटामा पनि उक्त कम्पनीमा लगानी गरिरहनु बुद्धिमानी हुन सक्दैन। त्यति बेला उक्त शेयरबाट बाहिरिएर नगद अवस्थामा बसी घाटालाई पूर्ति गर्ने गरी अन्य शेयरमा लगानीका अवसर खोज्नुपर्छ।

५. लगानीको पुनर्संरचना 
लगानीको पुनर्संरचना अन्तर्गत शेयर मूल्यमा व्यापक फेरबदल भैसकेको अथवा आफूले लगानी गरेको कम्पनीको आन्तरिक वित्तीय संरचना फेरबदल भैसकेको अवस्थामा लगानी गरेको कम्पनी पनि फेर्नुपर्छ र शेयर स्थानान्तरण गर्नुपर्छ। यसरी स्थानान्तरण गरिने रकम आधारभूत वित्तीय स्थीति बढी परिपक्व भएका कम्पनीमा लगानी गर्न सकिन्छ। 

६. न्यूनतम् घाटापूर्तिको रणनीति 
घाटाको न्यूनीकरणका लागि यस रणनीतिअन्तर्गत जम्मा १० प्रतिशतभन्दा थोरै घाटामा रहेका शेयरलाई शत प्रतिशतको घाटा सुरक्षा गरी लगानीकर्ताले आफूलाई नगद तथा तरल स्थीतिमा राखिराख्ने हो भने सम्पूर्ण लगानीको न्यूनतम हिस्सामा मात्र घाटा सुरक्षा भई नयाँ अवसरको खोजीमा लगानीकर्ताले आफूलाई राख्न सक्छ। 

७. नाफा सुरक्षाको रणनीति 
केही कम्पनीमा नाफा तथा केही कम्पनीमा घाटा रही सम्पूर्ण लगानीमा घाटा देखिए लगानीको सम्पूर्णतालाई मध्यनजर गरी भएको लगानीको ५० प्रतिशत जति लगानीमा नाफा सुरक्षित गरेर तरल अवस्थामा बस्नुपर्छ। यसले घट्दो बजारमा अझ बढी अवसरको खोजी गर्न सहज हुन्छ।
घट्दो बजारमा यदि अल्पकालीन लगानी गर्ने हो भने नयाँ माग सिर्जना हुन सक्ने मूल्यपत्रमा लगानी गरी छोटो समयमा आफ्नो नाफा सुरक्षित गरेर बाहिरिनु पर्छ। यस्तो अवस्थामा बजारका आधारभूत पक्षमा कुनै सुधार भएको छैन भने एकल अंककै नाफा भए पनि सुरक्षित गरी बाहिरिनु पर्छ।

८. द्रुत व्यापारको रणनीति
यस रणनीति अन्तर्गत लगानीकर्ताले द्रुत व्यापारको रणनीति अवलम्बन गरी झण्डै एकल अंकको नाफामा मात्रै नाफापूर्ति गरी शेयर बिक्री गर्दै अन्य शेयरको लगानीमा स्थापित भैसक्नु पर्ने हुन्छ। अधिकतम एकल अंक अर्थात् ९ प्रतिशतसम्मको मात्रै नाफाको सुरक्षा गरी तरल अवस्थामा बस्नु पर्छ। यस्तै अवस्थामा लगानी गरेको शेयरको मूल्य विपरीत दिशामा गए अधिकतम एकल अंकभन्दा बढीको घाटा भए पनि सो घाटा सुरक्षा गुर्न बुद्धिमानी हुन्छ। यो लगानीको सामान्य व्यवहारिक सिद्धान्त पनि हो। 

९. लगानी क्षेत्र स्थानान्तरण
यस रणनीतिअन्तर्गत जुन क्षेत्रमा लगानीको प्रभाव, मूल्यको स्थीरता तथा गति तय हुन्छ, सोही क्षेत्रमा लगानीलाई स्थानान्तरण गर्दै नाफाको सुरक्षा गर्नुपर्छ। कम्पनीको वित्तीय अवस्था सशक्त भएको, जगेडा कोष मजबुत भएको, आम्दानीको दीर्घकालीन वृद्धि भैरहने कम्पनीहरूको शेयरमा लगानी गर्ने भनेकै घट्दो बजारमा भएकोले लगानीको क्षेत्र स्थानान्तरण गरी आफ्नो जोखिमको व्यवस्थापन गर्न सकिन्छ।

१०. दीर्घकालीन लगानीको रणनीति
घट्दो बजारमा लगानीकर्ताले आफ्नो लगानीको समय, स्रोत तथा अपेक्षित प्रतिफललाई दीर्घकालीन रणनीतिमा परिवर्तन गर्न जरुरी हुन्छ। घट्दो बजारमा वित्तीय क्षमता राम्रा भएको, नाफामा वृद्धि गरिरहेको तथा लाभांश क्षमता भएको कम्पनीमा लगानी गर्दा ती शेयरहरूले दीर्घकालमा राम्रो प्रतिफल दिन सक्छन्। त्यसकारण घट्दो बजारमा आधारभूत क्षमता राम्रा भएका शेयरहरू संचिती गर्न सके दीर्घकालीन लगानीमा भएको घाटा पूर्ति हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3