1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

नेप्से परिसूचक ९.१८ अंकले घट्यो, कारोबार पनि खुम्चियो

12
9

आज शेयरबजार मापक नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो । पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २६५ कम्पनीका २१ लाख ५५ हजर कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरमा किनबेच भए । मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो । 

बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता जलविद्युत, होटल तथा पर्यटन लगायत अन्य उपसमूहको परिसूचक घटेको छ । 

नेप्से परिसूचक सामान्य गिरावट भए पनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ । त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ । तर यता एनआईबीएल ग्रोथ फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । बुधबारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको ३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3