1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

निराकाे हत्यारासम्म पुग्न प्रहरीले फेला पारेको त्यो ‘क्लु’

12
9

निरा आचार्यको हत्या आरोपमा प्रहरीले १० दिनपछि एक जनालाई पक्राउ गर्न सफल भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेकाे हाे । 

विकलाई प्रहरीले झापाबाट पक्राउ गरेकाे हाे । उनलाई प्रहरीले आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरेको छ ।निराको हत्या गरेको पाँच दिनपछि उनी झापा पुगेको खुलेको थियो । सेभेन स्टार  बाउन्सर सर्भिसमार्फत विकले ठमेलका विभिन्न क्लबमा बाउन्सरको काम गर्ने गरेको खुलेको छ । विकले सुनको सिक्री लुट्न खोज्दा आचार्यले प्रतिकार गरेपछि हत्या गरेको खुलेको छ ।

प्रहरीलाई हत्यारा विकसम्म पुग्न हम्मेहम्मे नै परेको थियो । निरा हत्याबारेको अनुसन्धानबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत संसदमा जवाफ दिएका थिए । प्रहरीमाथिको चौतर्फी दबाबपछि सीआईबीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण वज्राचार्य नेतृत्वमा अनुसन्धान समिति नै बनाएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3