1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

जुन २६ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस

12
9

११ असार २०८०, सोमवार/ हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

वर्ष २०२३ को अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको यस वर्षको नारा “Save Lives “अर्थात् जीवन बचाऔँ भन्ने रहेको छ । यो विषय लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागूऔषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने महत्त्वमा केन्द्रित छ ।

विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् किनभने यो उमेरमा मान्छेहरू अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताउँदछन् । अझ थोरै समयमा धेरै पैसा कमाउने लालच अनि लागुऔषधको प्रयाेग र यसको नशाको लतले युवाहरूलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । विश्वभर दिन प्रतिदिन लागुऔषधको ओसारपाेसार र प्रयोग बढीरहेको विभिन्न तथ्याङ्कले वताउछ । लागु औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरूको सङ्ख्या यकिन गर्न सक्ने अवस्था छैन । सन् २००१ मा भारतमा सरकार अनि अल ईण्डिया मेडिकल स्कुलको संयुक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मान्छे लागु औषध प्रयोग गर्ने पाइएको थियो भने यो सङ्ख्या अहिले आएर दोब्बर भन्दा धेरै भएको अनुमान छ ।

नेपाल भारत खुल्ला सिमानाका कारण नेपालमा पनि यो बढ्दो अवस्थामा छ । लागु औषध कारोबारले अपराधिक गतिविधि बढ्रनुका साथै समाजमा अराजकता बढ्ने त छ नै साथै विभिन्न रोगहरू जस्तै एचआइभी एड्स, हेपाटाइटिस लगायतको सङ्क्रमणको जोखिम पनि अत्यन्तै बढी रहने पक्का छ । राज्यले लागुऔषधको प्रयोग र ओसार पोसारलाइ दण्डनिय वनाउदा वनाउदै पनि यसको प्रयोग दैनिक रुपमा घट्नुको साटो बढ्दो अवस्थामा रहेको छ । दुर्व्यसनीको नियन्त्रण र रोकथामकालागि स्वय‌म ब्यक्ति र सिङ्गो समाज सचेत र गम्भिर नवने यसले विकरल समस्याको रुप लिने अवश्यम्भावि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3