1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ऐन अनुसार नै कार्वाही गर्ने गृह मन्त्री श्रेष्ठको प्रतिवद्धता

12
9

काठमाडौँ, ९ असोज । उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथि आक्रमण गर्ने उपर कडा कार्वाही गर्नै बताएका छन् । आज गृह मन्त्रालयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संग भएको छलफलमा उनले आक्रमणमा सम्लग्न दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी ऐन २०६६ अनुसार नै कार्वाही गर्ने बताएका हुन् ।

पछिल्लो केही दिन यता डिउटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण बढेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सुरक्षाको कारण देखाई सेवा बन्द गर्न थालेका छन् ।

सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित हुन थालेपछि उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले आज स्वास्थ्य मन्त्री मोहन बस्नेत समेतलाई समेत बोलाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका पेशागत संगठनका प्रतिनिधीहरुलाई बोलाई सुरक्षाको आश्वासन दिएका हुन् । गृहमन्त्रालयमा भएको उक्त छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, ठूला सरकारी अस्पतालका प्रमुखहरुको समेत उपस्थिति थियो ।

खासगरी हिजो पोखरा, लमजुङ र पाटनमा भएका घटना, जसमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको छ । गृह प्रशासनले सुरक्षा दिन सकिरहेको छैन् । यो अवस्थामा कसरी काम गर्ने भन्दै स्वास्थ्यकर्मीहरुको चिन्ता थियो । आजको बैठकमा सहभागी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका निरज बर्तौलाले भने, ‘उप एवं गृहमन्त्री श्रेष्ठले चिकित्सक एवं स्वास्थ्यकर्मीको माग बमोजिम नै सुरक्षा दिने प्रतिवद्धता जनाए ।’

बर्तौलाका अनुसार गृहमन्त्रीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको पूर्ण कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘हेटौडा काण्डमा पनि हामीले उजुरी दिनुहोस भनेर्कै हौँ । त्यसबेला ढिला उजुरी हुँदा नियन्त्रणमा लिन केही समय लाग्या हो । अब पनि घटना हुनासाथ उजुरी दिनुहोस, सम्लग्न व्यक्तिको तत्काल पक्राउ गरी ऐन अनुसार कार्वाही हुन्छ,’मन्त्री श्रेष्ठको भनाई उदृत गर्र्दै बर्तौलाले भने ।  मन्त्री श्रेष्ठले तर, आन्दोलनका नाममा उपचार सेवालाई प्रभावित गर्ने, स्वास्थ्य संस्था बन्द गरेर हिड्ने जस्ता कार्य भने गर्न नपाईने दोहोर्‍याए ।

स्वास्थ्य मन्त्री बस्नेतले सरकारी स्वास्थ्य संस्थामा दरबन्दीको अभाव हुँदा सेवामा चुस्त हुन नसकेको बताएका थिए । उनले ऐन कार्यान्व्यन गर्ने कुरामा सरकारको कमजोरी भएको स्विकारे । ‘अलि अलि हाम्रो कमजोरी भयो होला, केही तपाईँहरुको पनि भयो होला । विगतलाई छाडिदिउँ । अब कमजोरी नगरौँ,’ उनले भने ।

छलफलमा संघका तर्फबाट अध्यक्ष डा अनिल बिक्रम कार्की, महासचिव डा सञ्जीव तिवारी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका तर्फबाट अध्यक्ष डा झलक गौतम, केन्द्रीय सदस्य निरज बर्तौला, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष रामजी घिमिरे, मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोेइराला, रजिष्ट्रार डा कृष्ण अधिकारी, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्ले, मन्त्रालयका डा कृष्ण पौडेल, सहसचिव तुलसीनाथ गौतम लगायत सहभागी थिए ।

सो क्रममा चिकित्सक संघका अध्यक्ष डा कार्कीले चिकित्सक माथिको आक्रमण बढेको भन्दै सरकारले आफूहरुसंग गरेको प्रतिवद्धता कार्यान्वयनमा नल्याएको आरोप लगाए । उनले पछिल्ला घटनाको विवरण प्रस्तुत गर्दै गृहप्रशासनले सुरक्षा दिन नसकेको आरोप लगाए । ‘धेरै पटक सम्झौँता गरियो तर हामीलाई झुक्याउने काम भयो । यसले कसरी स्वास्थ्य सेवा दिन सकिन्छ ?’  प्रतिप्रश्न गर्दै उनले भने ।

महासंघका अध्यक्ष डा गौतमले मन्त्रालयहरुले आन्दोलनका बेला सम्झौँता गर्ने र घटना घट्दा त्यसमा उदासिनता देखाउने गरेको आरोप लगाए । उनले गृह र स्वास्थ्य मन्त्रालयको नेतृत्व नैतिक रुपमा चुकेको आरोप लगाए ।

काउन्सिलका अध्यक्ष डा कोइरालाले सुरक्षातर्फ राज्य जति जिम्मेवार हो बिरामीको सेवाका लागि चिकित्सक पनि उत्तिकै जिम्मेवार हुनु पर्ने भन्दै सेवा बन्द गर्न नहुने बताए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्लेले पोखरा, लमजुङ र पाटनको घटनापछि आवासीय चिकित्सकहरु आन्दोलित भएको भन्दै उपचार सेवा नै प्रभावित हुने संकेत देखिएको जानकारी गराए । उनले भने, ‘हामीकहाँ धेरे काम गर्ने आवासीय चिकित्सक नै हुन् । उनीहरु आन्दोलित हुँदा उपचार सेवा निकै प्रभावित हुन्छ । राज्यले तत्कालै माग पुरा गर्नुपर्छ ।’

दिउसो साढे ३ बजे देखि भएको छललफल करीव अढाई घण्टा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3