1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

‘मुटु कसरी जोगाउने ?’

12
9

काठमाडौँ, ९ असोज ।  ‘नसर्ने रोगहरुको सूचीमा पहिलो नम्बरमै पर्ने मुटुरोगबाट विश्वभर हरेक वर्ष २ करोड बढी मानिसको मृत्यु हुने गरेको छ । यता नेपालमा प्रति वर्ष ३० हजार बढी व्यक्तिले मुटुरोगकै कारण ज्यान गुमाउने गर्दछन् । तर जीवनशैलीमा परिवर्तन गर्ने हो भने ८० प्रतिशत मुटुका रोगबाट बच्न सकिन्छ,’ आउँदै गरेको विश्व मुटु दिवसको सन्दर्भ पारेर सोमबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश राज रेग्मीले आफ्नो प्रस्तुतिकरणमा भनेका थिए ।

त्यस लगत्तै आए जीवनशैली परिवर्तन गरेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ भन्ने अभियान चलाउने अर्का डाक्टर दिलजान मन्सुर । उनले हाम्रो शरीरमा थुप्रिदै जाने बोसो, थपिदै जाने मोटोपनाले र त्यसका कारण लाग्ने रोगका बारेमा सरल ढंगले बताएका थिए ।

नेपाल एनसीडी एलायन्स र रोटरी क्लव अफ पाटनको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुले राखेका मुटुरोग, खानपान र जीवनशैली सम्वन्धि जिज्ञासाका बारेमा डा रेग्मी, डा मन्सुरसंगै बरिष्ठ मुटुरोग विशेषज्ञहरु डा अवनीभुषण उपाध्याय, डा रामकिशोर साह, डा प्रेमराज बैद्य लगायतले जवाफ दिएका थिए ।

‘यस पटक विश्व मुटु दिवसको नारा मन लगाउँ, आफ्नो मुटु बचाउँ भन्ने छ । अब आफ्नो मुटु आफ्नै मन लगाएरै बचाउनु पर्ने छ । आफ्नो शरीर स्वस्थ राख्नका लागि आफै नै मन देखि लाग्नु पर्छ,’तय गरिएको नाराको सन्दर्भ कोट्याउँदै डा रेग्मीले थपे । नेपाल एनसीडी एलायन्सका अध्यक्ष समेत रहो डा रेग्मीले व्यक्तिको खानपान र जीवनशैली हेरेरै व्यक्तिलाई मुटुरोग लाग्छ कि लाग्दैन भनेर छुट्याउन सकिने अवस्था भएको बताए । उनले स्वस्थ जीवन शैली अपनाउँदा हुने फाइदाको बारेमा प्रकाश पार्दै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिन तर्फ केन्द्रित हुन आग्रह गरे । ‘मुटुरोग मात्रै होइन धेरै नसर्ने रोगहरु व्यक्तिले गर्ने गतिविधिबाट नियन्त्रण हुने कि नियन्त्रणबाहिर जाने भन्ने हुन्छ । हामीले नियन्त्रण गर्ने प्रयास गरौँ,’ उनले अगाडी थपे ।

डा मन्सुरले स्वस्थ रहन कति खाने ? कसरी खाने ? कम्मरको गोलाई कति हुने ? मुटुरोग जस्ता नसर्ने रोगको लाग्न नदिनका लागि के कस्ता उपाय अवलम्बन गर्ने भन्नेबारेमा बताएका थिए ।

डा उपाध्यक्ष, डा बैद्य र डा साहले पनि मुटुरोगको बढ्दो अवस्था र नियन्त्रणका लागि अपनाउनु पर्ने उपायका बारेमा बताएका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ पाटनका अध्यक्ष रोटरियन महेन्द्रसिंह रावलले नसर्ने रोग र त्यसमा पनि मुटुरोग नियन्त्रणका लागि आफ्नो संस्थाले अरु संस्थासंगको सहकार्यमा विभिन्न गतिविधि गर्दै आएको बताए । नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले मुटुरोग नियन्त्रणमा एनसीडी एलायन्सले विविध कार्यक्रम गर्दै आएको र अरु विभिन्न संस्थासंगको सहकार्यमा पनि यस्ता कार्यक्रमलाई जारी राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3